२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सन्दिप त्रिपाठीको नेतृत्वमा लायन्स क्लब अफ लुम्बिनी मर्चवार स्थापना

शनिवार , पौष १८, २०७७

भैरहवा, १८ पुस ।
मर्चवार क्षेत्रमा नयाँ लायन्स क्लबको स्थापना भएको छ । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको स्पोन्सरमा लायन्स क्लब अफ लुम्बिनी मर्चवार स्थापना भएको हो । सन्दिप त्रिपाठी संस्थापक अध्यक्ष रहेको क्लबको ब्यानर शनिबार एक कार्यक्रमकाबीच भैरहवामा उद्घाटन गरिएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु, नेपालका डिष्ट्रिक गर्भनर एमजेएफ शम्भु नकर्मीले समाजका प्रतिष्ठित व्यक्तिहरु लायन्स क्लबमा आबद्ध हुँदै जानु सकारात्मक रहेको बताए । 

लायन्स क्लब अफ लुम्बिनी मर्चवारका संस्थापक अध्यक्ष सन्दिप त्रिपाठीले मर्चवार क्षेत्रमा अब नागरिकले अनुभुति हुने खालको कार्यक्रम क्लबमार्फत गरिने बताए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु, नेपालका स्ट्राटिजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले डिष्ट्रिक ३२५ बी टु ले इतिहास रच्न सफल भएको बताए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु, नेपाल एरिया–४ का हेड–इभालुएसन टिम विनोद खरेलले सामाजिक सेवाको हात अगाडी बढाउने उद्देश्यले नयाँ क्लब स्थापना हुनु प्रशंसनीय भएको बताए ।

लायन्स क्लब अफ लुम्बिनी गौतमबुद्धका संस्थापक अध्यक्ष अर्जन कुर्मीले लुम्बिनीमा पहिलो पटक लायन्स क्लब स्थापना हुनु आफैमा महत्वपूर्ण कार्य भएको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०/२१ का अध्यक्ष एमजेएफ अरुण कुमार मिश्राको अध्यक्षता, कार्यक्रम संयोजक एवं क्लबका प्रथम उपाध्यक्ष दिनेश गुप्ताको स्वागत, सदस्य अमृता जैसवालको ध्वजा अभिवादन तथा सचिव राजन शुक्लाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ लुम्बिनी गौतमबुद्धलाई चार्टर सर्टिफिकेट प्रदान गरिएको क्लबका तृतीय उपाध्यक्ष रविकान्त उपाध्यायले बताए । त्यस्तै लायन्स क्लबमार्फत सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै क्लबका सदस्यहरुलाई सम्मान गरिएको थियो ।