२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

गुल्मीमा अपाङ्ग परिचयपत्र वितरण

आइतवार , पौष १९, २०७७

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • गुल्मी, १९ पुस । 
    गुल्मीको गुल्मीदरवार गाउँपालिकाले अपाङ्ग परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाभित्रका ७ वटा वडामा पुगेर हालसम्म २ सय ८३ जनालाई  अपाङ्ग परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
     
    अपाङ्गता भएका नागरिकहरुको पहिचान गर्न, राज्यबाट प्राप्त सेवासुविधाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नागरिकको सुविधालाई मध्यनजर गर्दै घुम्ती शिविरमार्फत अपाङ्ग परिचयपत्र बितरण गरिएको गुल्मी दरवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिए । 

    यही पुस १५ गतेदेखि १७ सम्म गतेसम्म गाउँपालिकाले शिविरमार्फत वर्गको आधारमा  ४१ जना नागरिकलाई अपाङ्ग परिचयपत्र वितरण गरिसकेको गुल्मीदरवार गाउँपलिकाले जनाएको छ । 

    अपाङ्ग परिचयपत्र पाउनेमा १५ जना पुरुष र २६ जना महिला रहेका छन् । २ जना महिला  र १ पुरुष गरी ३ जना क’ वर्गका रहेका छन् । ४ जना महिला र ६ पुरुष गरी १० जना ‘ख’ वर्गका रहेका छन् । ७ जना महिला र १४ पुरुष गरी १४ जना ‘ग’ वर्गका रहेका छन् । ३  जना महिला र पुरुष गरी ५ जना ‘घ’ वर्गका रहेका छन् । गाउँपालिकाले सबै नागरिकको पहिचान गरी अपाङ्ग भएकाहरुलाई अपाङ्ग परिचयपत्र वितरण गरिरहेको छ ।