२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

कृषिमा दिएको अनुदान घटाउनु दुर्भाग्यपूर्ण : खिमलाल भट्टराई

मंगलवार , फाल्गुण ३०, २०७९

  • 8.0K
    Shares
  • 8.0K
    Shares
  • भैरहवा, ३० फागुन ।
    नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल भट्टराईले कृषिमा दिएको अनुदान घटाउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले प्रचण्ड नेतृत्वको गठबन्धन सरकार जनविरोधी कुकर्ममा सक्रिय भएको आरोप लगाएका छन् । मंगलबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेता भट्टराईले भनेका छन्, ‘सरकार ! अनुदान कटौती होइन, वृद्धि गर ।’

    सरकारले लामो समयदेखि रासायनिक मलमा समग्रमा ७० प्रतिशत अनुदान दिँदै आएको थियो । त्यसमा ११.७८ प्रतिशत कटौती गर्ने निर्णय गरेको हो ।
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंले सम्हालेको कृषि तथा पशुपन्छी मन्त्रालयले २७ फागुनमा मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको हो ।