images

आइतवार, बैशाख २३ गते २०८१

अर्घाखाँची प्रिमियर लिगको उपाधि इलाभेन ब्रदर्श डिभर्नालाई

अर्घाखाँची प्रिमियर लिगको उपाधि इलाभेन ब्रदर्श डिभर्नालाई

images
images
images
बुधवार, चैत्र १ २०७९
बुधवार, चैत्र १ २०७९
  • अर्घाखाँची प्रिमियर लिगको उपाधि इलाभेन ब्रदर्श डिभर्नालाई

    अर्घाखाँची, १ चैत ।  
    अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा जारी चौथो अर्घाखाँची प्रिमियर लिगको उपाधि इलाभेन ब्रदर्श डिभर्नाले हात पारेको छ । फाइनल खेलमा रोयल सन्धिखर्कलाई फराजिलो अन्तरले पराजित गर्दै डिभर्नाले उपाधि जित्न सफल भएको हो ।

    images
    images
    images

    इलाभेन ब्रदर्श डिभर्नाले दिएको १२१ रनको विजयी लक्ष्य भेट्याउने क्रममा रोयल सन्धिखर्क ३४ रनमा अलआउट भएको हो । क्रिकेट प्रतियोगितामा पुष्प वारीयर्सका खेलाडी सागर चौहान १४७ रन सहित बेस्ट ब्याटमेन भएका छन् भने रोयल सन्धिखर्कका विजय भट्टराई १४ विकेट लिएर बेस्ट बलर भएका छन् । 

    अर्घाखाँची क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा चार टिमले सहभागीता जनाएका थिए । प्रथम तथा द्वीतिय भएका टीमहरुलाई जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालासहितका अतिथिहरूले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij