
आइतवार , पौष १९, २०७७
परासी, १९ पुस ।
राष्ट्रिय ओल्मा काउन्सिल आँफ नेपाल लुम्बिनी प्रदेशको दोस्रो साधारणसभा सम्पन्न भएको छ । काउन्सिलका केन्द्रिय संरक्षक हजरत मौलाना मोहम्मद सुफी सिद्दिक अहमद खानको अध्यक्षता तथा काश्मिरी जामा मस्जिद काठमाडौका इमाम काजीए नेपाल हजरत मौलाना मुफ्ती उस्मान बरकाती मिस्बाहीको प्रमुख आतिथ्यतामा बुटवलमा सम्पन्न भएको हो ।
उक्त सभामा काउन्सिल अफ नेपाल लुम्बिनी प्रदेशको तदर्थ समिति पनि चयन भएको छ । जसको अध्यक्षमा हजरत मौलाना मुफ्ती महबुब रजा मिस्बाही र उपाध्यक्षमा हजरत मौलाना सैयद गुलाम हुसैन मिया सर्वसम्मत रुपले चयन भएका छन ।
यसैबीच इस्लामीक कानुनलाई समुदायस्तरमा फैलाउन र सामुदायिक विकृती हटाउननेपालको नायब काजीमा मौलाना मुफ्ती बशीर अहमद चुनिएका छन । त्यस्तै लुम्बिनी प्रदेशमा पनि इस्लामी फतवा र ईस्लामिक सन्देश दिन तीनजना मुफ्तीहरु पनि चुनिएका छन जसमा मौलाना मुफ्ती कैफुलवरा मिस्बाही, मौलाना मुफ्ती अरमान अलि मिस्बाही, मौलाना मुफ्ती साजिद अली अहमद रहेका छन् । त्यस्तै यस प्रदेशका जिल्लाहरुमा यस संस्थाको अध्यक्ष तथा उपाध्यक्ष चयन भएका छन ।
नवनिर्वाचित प्रदेश अध्यक्ष, उपाध्यक्ष, नायब काजी, प्रदेश मुफ्ती र जिल्ला अध्यक्ष एव उपाध्यक्षहरुलाइ काश्मिरी जामा मस्जिद काठमाडौंका इमाम एव काजीए नेपाल मौलाना मुफ्ती उस्मान बरकाती मिस्बाहीले सपथग्रहण गराएका थिए ।
यो संस्था अरु प्रदेशहरुमा पनि गठन गर्ने र सबै प्रदेशले पूर्णता पाएपछि यो काउन्सिल राष्ट्रिय रुपमा पनि गठन गर्ने उद्देश्य रहेको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ उनीहरुको कामकर्तव्यबारे जानकार गराउन र क्षमता अभिवृद्धिध सम्बन्धि तालिम संचालन पनि गरिनेछ ।
सभामा प्रमुख अतिथि काजिए नेपाल हजरत मौलाना मुफ्ती उस्मान बरकाती मिस्बाहीले नेपालमा पनि उर्दु अरबीको उच्च शिक्षाको व्यवस्थापन मिलाउन, मदरसामा मौलानाहरुलाई शिक्षक दरबन्दीको व्यवस्था मिलाउन सरकारलाइ आग्रह गरे । उनले मुस्लिम समुदायको हक–अधिकार सुनिश्चित गराउन अझै मुस्लिम समुदायले संघर्ष गर्नुपर्ने आवश्यक रहेको बताए । उनले मुस्लिम धर्मावलम्बीहरुलाई जनसमुदायमा ईस्लामको सन्देश र यसको महत्व तथा उद्देश्य उजागर गर्न आग्रह गरे । मुफ्ती उस्मानले मुस्लिम समुदायहरुलाई नेपाल देशको देशभक्ति मुटुमा राखी देशमा अमनचयनका लागि आ–आफनो ठाउँबाट उदाहरणीय भुमिका खेल्न आग्रह गरे ।
सभालाई सम्बोधन गर्दै विशिष्ट अतिथि हजरत मौलाना मुफ्ती मोहम्मद रजा मिस्बाहीले मुस्लिम समुदायहरुलाई पनि देशका असल राजनीतिक दलहरुसंग आबद्ध भएर देशमा शान्ति कायम गराउन र आफनो अधिकार स्थापित गराउन क्रियाशिल भएर लाग्न आग्रह गरे । उनले मुस्लिम समुदायहरु विभिन्न पार्टी तथा समुहको नाममा विभाजन नभई बरु राष्ट्रियताको सवालमा र सामुदायिक अधिकार स्थापितको सबालमा एकजुट भएर प्रस्तुत हुन सुझाव दिए । ईस्लाम धर्मको धार्मिक तथा सामाजिक सन्देशलाई समुदायमा फैलाउँदै समुदायमा देखिएका विभिन्न विकृतिलाई जडैबाट उखालेर फाल्ने र एकआपसमा सामाजिक सदभाव कायम गरी अगाडी बढन मुफ्ती रजाले सबैमा आग्रह गरे ।
साधारणसभामा अध्यक्ष शेरेनेपाल हजरत मौलाना सुफी सिद्दिक अहमद खान, अतिथि पूर्व शिक्षा अधिकारी अब्दुल रउफ खान, मौलाना मुफ्ती महबुब रजा, मौलाना सैयद गुलाम हुसैन मिया, मौलाना मुफ्ती बसिर अहमद, मौलाना मुस्ताक अहमद कादरी, मौलाना शेर मोहम्मद कादरी, मौलाना नुरमोहम्मद मिस्बाही लगायतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ बधाई ज्ञापन गर्दै सभाको सफलताको शुभकामना व्यक्त गरे । वक्ताहरुले देशमा शान्ती कायम गराउन अहम भुमिका खेल्न र समुदायमा इस्लामी सन्देश फैलाउदै सामाजिक सद्भाव कायम गराउन मौलानाहरुको सक्रिय भुमिका खेल्न आग्र गरे । सभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij