images

आइतवार, बैशाख २३ गते २०८१

ओमसतियामा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

ओमसतियामा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

images
images
images
बुधवार, चैत्र १ २०७९
बुधवार, चैत्र १ २०७९
  • ओमसतियामा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

    भैरहवा, १ चैत ।
    द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओमसतिया गाउँपालिकाको आर्थिक सहयोगमा ओमसतिया–२ स्थित कर्मडाडा मैदानमा बुधबारदेखि अध्यक्ष कप क्रिकेट प्रतियोगिता–२०७९ सुरु भएको छ । ८ वटा टीमको सहभागीता भएको प्रतियोगिता चैत ९ गतेसम्म चल्ने आयोजकले जनाएका छन् ।

    images
    images
    images

    प्रतियोगिताको उद्घाटन गर्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु)ले क्रिकेट खेलप्रति रुची बढाउने उद्देश्यले गाउँपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको बताए । उनले आगामी दिनमा वडा कप क्रिकेट प्रतियोगिता पनि आयोजना गरिने बताए । उनले भने, ‘खेलकुदको विकासका लागि गाउँपालिकाले सहयोग गर्छ । अन्य खेललाई पनि स्थान दिन्छौं ।’

    अध्यक्ष यादवले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन पनि ओमसतिया निवासी भएको र पछिल्लो समय नेपालले क्रिकेटमा राम्रो खेल प्रदर्शन गरेको बताए ।

    dd.jpg

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, प्रवक्ता मदन पोखरेल, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ता, मनोज कुमार यादव लगायतले खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरे । प्रतियोगिताको विजेता टीमलाई रु. ६० हजार र उपविजेतालाई रु. ३० हजार प्रदान गरिने आयोजकको भनाइ छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij