images

आइतवार, बैशाख २३ गते २०८१

यूएईसँग पीएनजी ६ विकेटले पराजित

यूएईसँग पीएनजी ६ विकेटले पराजित

images
images
images
बिहिवार, चैत्र २ २०७९
बिहिवार, चैत्र २ २०७९
  • यूएईसँग पीएनजी ६ विकेटले पराजित

    काठमाडौं, २ चैत । 
    कप्तान मोहम्मद वासिमको कीर्तिमानी शतकको सहयोगमा यूएईले आईसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले पराजित गरेको छ । पीएनजीले दिएको २३५ रनको विजयी लक्ष्य यूएईले ४ विकेट गुमाएर ३८.४ ओभरमै पूरा गर्याे । यूएईको जितमा कप्तान वासिमले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी शतक प्रहार गरे । ४ चौका र ११ छक्कासहित उनले ६० बलमा शतक बनाए । आफ्नो ओडिआई करिअरको पहिलो शतक पूरा गरेका उनले ७६ बल खेल्दै १२ छक्का र ६ चौकासहित ११९ रन बनाए ।

    images
    images
    images

    ६० बलमै शतक हानेका उनी युएईबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडीसमेत हुन् । यसअघि वृत्य अरविन्दले ६९ बलमा नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए ।

    त्यस्तै वृत्य अरविन्दले ३३ रन बनाउँदा सिपी रिजवानले नटआउट २९ रन बनाए । यस्तै आयन अफजाल खानले २७ रन बनाउँदा आशिफ खान ११ रनमा अभिजित रहे । पिएनजीका रिले हेकुरेले २ तथा काबुआ मोरेआ र जोन कारिकोले १–१ विकेट हात पारे । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो ।

    उसका लागि कप्तान असाद भालाले सर्वाधिक ६५ रन बनाए । यस्तै नर्मन भानुवाले बिस्फोटक ब्याटिङ गर्दै ३१ बलमा १ चौका र ५ छक्कासहित ४९ रनमा अविजित रहे। हेकुरे २२ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा रन आउट रहे । युएईका लागि तीव्र गतिका बलर हजरत बिलालले सर्वाधिक ४ विकेट लिए । रोहन मुस्तफा र जवार फरिदले १–१ विकेट हात पारे । यो सँगै पिएनजीले लिग २ का सबै ३६ खेल सकाएको छ । ५ जीतसहित ११ अंक जोडेको पिएनजी अंक तालिकाको पुछारमा रहेको लिग अन्त्य गर्यो । यता आफ्नो १५ औं जीत निकालेको यूएईले ३३ अंक जोडेको छ । अब लिग २ को अन्तिम खेलमा बिहीबार यूएईले नेपालको सामना गर्नेछ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij