२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

चितवन–२ को उपनिर्वाचनमा उम्मेदवार सिफारिस गर्न कांग्रेसको निर्देशन

बिहिवार , चैत्र २, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • काठमाडौं, २ चैत । 
    नेपाली कांग्रेसले चितवन–२ मा हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवारको नाम सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ ।
    बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सो निर्णय गर्दै चितवन जिल्ला समितिलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

    आगामी वैशाख १० गते हुने उक्त उपनिर्वाचनका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क, ख, ग बमोजिम प्रक्रिया पुर्याएर उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतको फैसलापछि खारेज भएको चितवन–२ को उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ ।