२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

तिलोत्तमामा चैत ४ मा रोजगार सूचना मेला हुँदै

बिहिवार , चैत्र २, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, २ चैत । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वृतमार्ग निर्देशन तथा रोजगार सूचना मेला लाग्ने भएको छ । स्थानीयलाई स्वरोजगार बनाउन तथा पालिकाभित्र रहेको उद्योग तथा प्रतिष्ठानहरुमा दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले रोजगार सूचना मेला आयोजना गरिएको नगरपालिकाले जनाएको छ । 

    नगरपालिकाले चैत ४ गते शनिबार तिलोत्तमा–९ मगंलापुरस्थित रामजानकी मन्दिरमा रोजगार सूचना मेला लगाउँदै छ । नगरपालिकाले रोजगार सूचना मेलामा रोजगार प्रदायक संस्था, तालिम प्रदायक संस्था र दक्ष, अर्ध दक्ष युवाको संकलन गर्दै सीपमूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी दिइने वडा नम्बर ६ का वडाअध्यक्ष तथा कार्यक्रम संयोजक गणेश पाठकले जानकारी दिए ।

    Ganesh Pathak.jpg

     

    नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको द्विपक्षीय परियोजना दिगो तथा सम्मानित रोजगारीका लागि सीप दोस्रो चरणको सहयोगमा एक दिने वृतमार्ग निर्देशन तथा रोजगार सूचना मेला आयोजना हुन लागेको हो । मेलाले रोजगारसम्बन्धी सूचना दिनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराउँदै रोजगारको अवसर प्राप्त गर्न ठूलो योगदान पुर्याउने नगरपालिकाका प्रमुख रामकृष्ण खाणले जानकारी दिए । उनले मेलामा नगरपालिकाभित्रका रोजगारदाता संघ–सस्था, औद्योगिक प्रतिष्ठान लगायतका ४० वटा स्टल रहने तथा मेलामा सहभागी रोजगारीको खोजीमा रहेका युवा शक्तिलाई तालिम प्रदायक संस्थाबाट प्रदान गरिने सीपमुलक तालिम तथा अवसरको बारेमा जानकारी समेत गराइने बताए । 

    उक्त कार्यक्रमले तिलोत्तमा नगारपालिकाभित्र बेरोजगारहरुको अबस्थाबारे जानकारी हुनुका साथै दक्ष जनशक्तिले स्थानीय उद्योग तथा प्रतिष्ठानहरुमा रोजगारीका लागि मौका समेत पाउने छन् ।