images
images

आइतवार, जेठ ६ गते २०८१

ओमसतिया अध्यक्ष कप–२०७९ : वडा नम्बर ५ को पहिलो ओभरमै जीत

ओमसतिया अध्यक्ष कप–२०७९ : वडा नम्बर ५ को पहिलो ओभरमै जीत

images
images
images
बिहिवार, चैत्र २ २०७९
बिहिवार, चैत्र २ २०७९
  • ओमसतिया अध्यक्ष कप–२०७९ : वडा नम्बर ५ को पहिलो ओभरमै जीत

    भैरहवा, २ चैत । 
    रुपन्देहीको ओमसतिया गाउँपालिकामा जारी अध्यक्ष कप–२०७९ अन्तर्गत बिहीबार सम्पन्न भएको २ वटा खेलमा गाउँपालिकाको दुवै टीम पराजित भएको छ । गाउँपालिका टीम र वडा नम्बर ५ को बीचमा भएको पहिलो खेलमा वडा नम्बर पाँच, १० विकेटले जी निकालेको छ । टस जितेर गाउँपालिकाको टीमले ब्याटिङ रोजेको थियो । गाउँपालिका बी का कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । उसका लागि शैलेन्द्र, शिवलाल र हेमन्तले समान ३/३ रन जोड्दा टोली ७ दशमलव १ ओभरमै अलआउट हुँदै १९ रन मात्र बनाएको थियो ।

    images
    images
    images

    टीम बी लाई सस्तोमा समेटने क्रममा वडा नम्बर ५ का बिरु र दुर्गेशले समान ३/३ विकेट बाँडेका थिए । वडा नम्बर ५ का दिनेशले २ विकेट लिए ।
    २० रनको लक्ष्य हित मैदान छिरेका वडा नम्बर ५ का ओपनर दुर्गेशले ४ पहिलो ४ बलमै टिमलाई जीत दिलाएका थिए । ४ बल खेलेका उनले २ छक्का र २ चौका हित ४ बलमै लक्ष्य भेटाएका थिए । खेलमा वडा नम्बर ५ बाट ६ रन खर्चेर ३ विकेट लिएका बिरु म्यान अफ द म्याच घोषित भए ।
    बिहीबार नै गाउँपालिका टीम ए र वडा नम्बर ६ बीच सम्पन्न भएको दोस्रो खेलमा वडा नम्बर ६, ५ विकेटले विजयी भएको छ ।

    टस जितेर गाउँपालिका टीम ए ले ब्याटिङ्ग रोज्दै ८८ रन बनाएको थियो । उसको लागि मनोजले सर्वाधिक २१ रन बनाउँदा सागरले १६ रन र दिनेशले १५ रनको ब्यक्तिगत योगदान दिएका थिए ।

    बलिङतर्फ वडा नम्बर ६ का चन्द्रशेखरले ३ विकेट एवं मनोहर र राजकुमारले समान २/२ विकेट लिएका थिए ८९ रनको विजयी लक्ष्यसहित मैदान छिरेको वडा नम्बर ६ खेलको ११ ओभरमा लक्ष्य भेटाएको थियो । उसका लागि मनोहरले ५० रन बनाए भने कृष्णले १८ रन र विकासले ९ रन बनाएका थिए ।

    बलिङतर्फ गाउँपालिका टीम ए का मनोज र मानबहादुरले समान २/२ विकेट लिएका थिए । खेलमा २ विकेट लिएर ५० रन बनाएका मनोहर म्यान अफ द म्याच घोषित भए ।

    शुक्रबारको पहिलो खेल वडा नम्बर १ र वडा नम्बर ५ का बीच तथा दोस्रो खेल वडा नम्बर ३ र वडा नम्बर ६ का बीच हुने आयोजक द राईजिङ्ग क्लब अफ बर्दिहवाका राकेश गुप्ताले जनाए ।

    द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओमसतिया गाउँपालिकाको सहयोगमा प्रतियोगिता चैत ९ गतेसम्म सञ्चालन हुनेछ ।

    गाउँपालिकाका ६ वटै वडाका टीम र गाउँपालिकाको दुई टीम गरी प्रतियोगितामा ८ टीम रहेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ६० हजार, द्वितीय पुरस्कार ३० हजार रहेको द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताले बताए । यसको साथै प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर लगायतलाई पनि पुरस्कृत गरिने गुप्ताले जानकारी दिए ।
     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij