२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

रास्वपाको उपराष्ट्रपतिमा ममता झालाई मत दिने निर्णय

शुक्रवार , चैत्र ३, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, ३ चैत । उपराष्ट्रपति निर्वाचनको मतदान सकिन केही समय बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कसलाई मत दिने भन्ने विषय टुंग्याएको छ ।

    शुक्रबार बिहान १० बजेबाट उपराष्ट्रपति निर्वाचनको मतदान चलिरहँदा रास्वपाले ममता झाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । झा जनमतको तर्फबाट उम्मेदवार बनेकी छन् ।

    उनीसँगै गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र एमालेबाट अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धामा छन् ।  राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा झालाई दिने भएको हो ।

    उपराष्ट्रपति निर्वाचनको मतदान अपरान्ह ३ बजेसम्म चल्नेछ ।