शुक्रवार , चैत्र ३, २०७९
रुपन्देही, ३ चैत ।
‘कसैको जीवन बचाउनु पुण्य कार्य हो : रक्तदान गर्नु नै जीवनदान गर्नुसरह हो’ भन्ने मूल नाराका साथ राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) को आयोजनामा बुटबलमा रक्तदान गरिएको छ ।
रक्त सञ्चार केन्द्र बुटवलको प्राबिधिक सहयोगमा रक्तदान भएको हो ।कार्यक्रममा ४१ जनाले रक्तदान गरेको राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान)का केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले बताए । कार्यक्रममा उल्लेखनीय रुपमा लगातार रुपमा गर्ने भन्दा नयाँ रक्त बढी देखिएको आयोजकले जनाएको छ ।
रानका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसाल, लुम्बिनी प्रदेश अध्यक्ष नरहरी अर्याल, सचिव कमल शर्मा चापागाई, रुपन्देही जिल्ला उपाध्यक्ष जीवन पोखरेल, प्रेम जि.सी., डा. मनिसा ढकाल, भुमा बेलबासे बिमला पौडेल, प्रभा क्षेत्री, प्रदेश सल्लाहकार डा. सन्तोष गौतम, रीता पन्थी लगायत ४१ जनाले रक्तदान गरेका थिए । रान लुम्बिनी प्रदेशका वरिष्ठ सल्लाहकार चन्द्रकान्त खनालको सहजीकरणमा रक्तदान कार्यक्रम भएको थियो ।
‘स्वास्थ्य र समृद्धिको आधार, आयुर्वेद क्षेत्रको विकास र विस्तार’ भन्ने नाराका साथ आगामी चैत २५ गते रानको केन्द्रिय महाधिवेशन काठमाण्डौमा हुने भएकोले सम्पूर्ण आयुर्वेदकर्मीलाई सहभागीताको लागि आयोजकले आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij