२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

स्ववियु निर्वाचनको सुरक्षा चुस्त बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

शनिवार , चैत्र ४, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, ४ चैत ।
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहसचिवसहित तीनवटै सुरक्षा प्रमुखलाई बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले शनिबार बालुवाटार डाकेर देशमा भएको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन् । सोहीक्रममा उनले भोलि हुने स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले समाजमा भएका अन्य सुरक्षा सतर्कतालाई भरपर्दो र विश्वसनीय बनाउन पनि निर्देशन दिएको बताइएको छ ।