२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

नेवा पुच सेवा समिति १४ औं वर्षमा  

आइतवार , चैत्र ५, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • बुटवल, ५ चैत ।
    नेवारी संस्कार संस्कृति संरक्षणसँगै सामाजिक कार्यमा अग्रसर रहेको श्री नेवा पुच सेवा समितिको १४ औ वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । एक समारोहकाबीच समाजसेवी रबिन्द्र गोपाल लाकौलले उद्घाटन गरेका छन । 

    कार्यक्रममा नेवार दे दबु केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, वडा नम्बर ९ का प्रदिप श्रेष्ठले व्यापारिक र आर्थिक रुपमा समाज रुपान्तरणमा नेवार समुदायको योगदान दिएको बताए ।

    कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै संस्थागत रुपमा संस्कार, संस्कृति संरक्षणको अभियान निरन्तर चलाइँदै आएको बताए । कार्यक्रममा समितिका सल्लाहकार नवराज श्रेष्ठले १४ वर्षको अवधिमा भवन निर्माण, धिमे बाजा सिकाउने, विभिन्न सामाजिक गतिविधिमा अग्रसरता देखिएको बताए । 

    कार्यक्रममा समितिका सचिव शारदा श्रेष्ठ, कोषाध्यक्ष दल बहादुर श्रेष्ठ, महिला समितिका अध्यक्ष तारा श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजु, पुर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठले अक्षय तृतीय, जाईजात्रा, नेवारी खाजा महोत्सव, कैता पुजा, युवाहरुलाई धिमे बाजा सिकाउने, नेवारी भाषा कक्षा चलाएर संस्कृति जर्गेनाको काममा संस्थाको अभियान महत्वपूर्ण रहेको बताए । 

    कार्यक्रममा सञ्चार क्षेत्रबाट योगदान पुर्याएको भन्दै खबरकुरा अनलाईनका दिनेश श्रेष्ठलाई नगदसहित पुरस्कृत गरिएको छ । त्यसैगरी जेष्ठ नागरिक सम्मानबाट समितिका ओमप्रकाश श्रेष्ठ, जन्मप्रसाद श्रेष्ठ, दुर्गालक्ष्मी जोशी, पुरुषोत्तम राम श्रेष्ठ, चन्द्र कुमारी श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, कृष्णकला श्रेष्ठ, सितादेवि गंगालक्ष्मी सुवाल, चमेली देवि श्रेष्ठलाई सम्मानपत्र तथा दोसल्लाबाट सम्मान गरिएको थियो । यसैगरि प्लस टु मा उत्कृष्ट नतिजा ल्याउने, रक्तदान कार्यक्रममा सहभागी हुने रक्तदाताहरुलाई सम्मान गरिएको थियो । समितिमा २ सय ३२ जना सदस्यहरु छन ।