२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

घनश्याम भुसाल बने एकीकृत समाजवादीको महासचिव

आइतवार , चैत्र ५, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं, ५ फागुन । पूर्वमन्त्री घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित भएका छन् ।

    एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीले महासचिवमा एमाले परित्याग गरेका भुसाललाई महासचिवमा नियुक्त गरेको हो । 

    आइतबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो । महासचिवको जिम्मेवारीमा रहेका बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनित गर्दै बैठकले भुसाललाई महासचिवमा मनोनित गरेको हो । 

    साथै बैठकले उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।