
सोमवार , पौष २०, २०७७
भैरहवा, २० पुस ।
जन्मदिनको अवसर पारेर युवा समाजसेवी तथा विराट मेडिकल हल भैरहवाका प्रोप्राइटर सम्मरीमाई गाउँपालिका–५ निवासी सुरज उपाध्यायले विभिन्न रचनात्मक कामहरु गरेका छन् । उनले सोमबार रक्तदान कार्यक्रम, भीम अस्पताललाई ह्वील चेयर, अस्पतालका कर्मचारीलाई ज्याकेट वितरण र विरामीलाई फलफूल वितरण गरेर जन्मदिन मनाएका हुन् ।
‘जन्मदिनमा फजुल खर्च गर्नुभन्दा केही भए पनि समाजको लागि योगदान गर्न सकियोस् भन्ने अभिप्रायले केही कामहरु गर्ने प्रयास गरेको हुँ, ’उपाध्यायले भने । भीम अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका संयोजक हरि प्रसाद ज्ञवालीले बताए ।
त्यस्तै उपाध्यायले भीम अस्पताललाई २ वटा ह्वील चेयर प्रदान गरेका छन् । उनले ह्वील चेयर अस्पतालका आकस्मिक कक्ष (इमरजेन्सी) इञ्चार्ज सविता शर्मालाई हस्तान्तरण गरे । त्यस्तै उनले अस्पतालमा कार्यरत ६ जना कर्मचारीलाई ज्याकेट प्रदान गरेका छन् ।
हिन्दु स्वयंसेवक संघ नेपाल, सिद्धार्थनगरका सह–कार्यवाह समेत रहेका उपाध्यायले अस्पतालमा उपचाररत ४० जना विरामीलाई फलफूल वितरण गरेका छन् ।
जन्मदिनको अवसर पारेर सामाजिक कार्य गर्नु सराहनीय रहेको युवा इसरार अहमद बताउँछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij