२०८३, बैशाख २८ गते

May 11 2026 | २०८३, बैशाख २८ गते

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन ओमसतियाको अध्यक्षमा चौधरी

सोमवार , चैत्र ६, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, ६ चैत ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन ओमसतिया गाउँपालिकाको भेला तथा अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले चित्रारेखा चौधरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा संगिता गुरुङ, सचिवमा निलम चौधरी र कोषाध्यक्षमा मनिषा पाण्डे रहेका छन् ।

    राप्रपा ओमसतिया गाउँपालिका कमिटी अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षता, पार्टीका रुपन्देही जिल्ला सदस्य ज्ञानेश श्रेष्ठको प्रमुख आतिथ्यता, जिल्ला सदस्य निलु चौधरी, पार्टीका ओमसतिया गाउँपालिका उपाध्यक्ष शारुख पठान लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।