२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

रामापुर क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बेल्बासे निर्वाचित

सोमवार , चैत्र ६, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, ६ चैत । सहिद नारायण पोख्रेल रामापुर क्याम्पस, रुपन्देहीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु (क्रान्तिकारी विप्लव) र अनेरास्ववियु (समाजवादी)का संयुक्त उम्मेदवार मनोज बेल्बासे निर्वाचित भएका छन् ।

    संयुक्त प्यानलको तर्फबाट उम्मेबदवार बनेका नेविसंघका बेल्बासे स्ववियु सभापतिमा निर्वाचित भएको नेविसंघ रुपन्देहीका सभापति सन्दिप पाण्डेले बताए ।

    बेल्बासे ४६४ मत ल्याएर विजयी हुँदा  उम्मेदवार सुमित साप्कोटाले ४०१ मत प्राप्त गरे । सचिवमा अनेरास्ववियुका शिव न्यौपानेले ४४४ मत प्राप्त गरी विजयी भएका छन् । संयुक्त प्यानलको तर्फबाट सचिवका उम्मेदवार नारायण न्यौपानेले ४११ मत प्राप्त गरे । त्यस्तै कोषाध्यक्षमा संयुक्त प्यानलको तर्फबाट उम्मेदवार बनेकी मौसम थापा मगरले  ४३२ मत प्राप्त गरी विजयी भएका छन् ।

    त्यस्तै सदस्यहरुमा विजय चौधरी, उमेश कुमार ठाकुर, सुभाष पाण्डे, विमला थारु, शिला बस्याल, पुर्नाकुमारी पुन र मेलिना पुलामी  निर्वाचित भएका छन् । १११५ जना विद्यार्थी अध्ययनरत रहेको  सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा ८७३ मत खसेको थियो ।