
सोमवार , चैत्र ६, २०७९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीले धोका दिएपछि आफुहरुले साथ छाडेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको छलफलमा लिङ्देनले मुलकलाई अघि बढाउन सहमतिका साथ आफुहरु एकसाथ रहेको र प्रधानमन्त्रीले सहमति तोडेपछि आफुहरुले साथ छाडेको बताएका हुन् ।
उनले प्रधानमन्त्रीले बाटो नै फेरेपछि लाचार भएर सरकारमा बसिरहन अनुचित हुने ठान्दै इमान्दारीता साथ समर्थन फिर्ता लिएको जिकिर गरे । अब आफुहरु सीप पनि भएको र लाइसेन्स पनि भएको ड्राइभरको प्रतिक्षा गर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्रीलाई नयाँ यात्राका लागि शुभकामना दिदै सरकारमा सहकार्य गर्न नसकेपनि अन्य राष्ट्रियताका बिषयमा सहकार्य गर्न सकिने उल्लेख गरे ।
उनले सबैलाई सरकारमा लिएर जाने र सवैलाई भागबण्डा गर्ने परिकल्पना अहिलेको व्यवस्थाले नगरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij