२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु

बुधवार , चैत्र ८, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • काठमाडौं, ८ चैत । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई बुधबारबाट योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्धता हुनका लागि बाटो खुलेको छ ।

    पेन्सनसहितको सुविधा पाउने गरी सामाजिक सुरक्षा कोषले  योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गराउन सुरु गरे पछि आबद्धताको बाटो खुलेको हो ।

    आज आयोजित एक बिशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर वाटो खुल्ला गरेका हुन । 

    प्रधानमन्त्रीले परिचयपत्र बितरण गरेसँगै अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि आवेदन दिन पाउने बाटो खुल्ला भएको छ ।