बुधवार , चैत्र ८, २०७९
काठमाडौं, ८ फागुन ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ब्यक्तिगत फोन टयाप गर्ने बुदाँ उल्लेख भएर आउन लागेको कानूनप्रति आपत्ति जनाएका छन् । नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहने गरी विधेयक ल्याउने तयारीमा सरकार लागे पछि कांग्रेस नेता कोइरालाले आपत्ति जनाएका हुन ।
‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन,’ कोइरालाले टवीट गर्दै भनेका छन्, ‘विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि वढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ ।’
राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान दिन कोइरालाले आग्रहसमेत गरेका छन ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij