images

शुक्रवार, बैशाख २१ गते २०८१

कङ्के देउरालीको संरक्षणमा स्थानीय सरकारको चासो

कङ्के देउरालीको संरक्षणमा स्थानीय सरकारको चासो

images
images
images
सोमवार, पौष २० २०७७
सोमवार, पौष २० २०७७
  • कङ्के देउरालीको संरक्षणमा  स्थानीय सरकारको चासो

    गुल्मी, २० पुस ।
    गुल्मीको मदाने गाउँपालिकामा अवस्थित कङ्के देउरालीको संरक्षणमा स्थानीय सरकारले चासो देखाएको छ । आन्तरिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दै आएको कङ्के देउरालीको विकासका लागि स्थानीय सरकारले मुख्य केन्द्रबिन्दु बनाएर अगाडि बढेको हो । 

    images
    images
    images

    कङ्के देउरालीमा पुगेपछि अर्घाखाँची, प्युठान, पाल्पा, रोल्पा, बाग्लुङ्ग र पर्वत लगायतका जिल्लाको अवलोकन गर्न सकिन्छ । यस क्षेत्रमा रहेको मन्दिरमा भाकल गरेमा सबै मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रही आएको छ । त्यस क्षेत्रमा मदाने गाउँपालिकाका स्थानीयले नयाँबाली चढाई खाने, गाईको दुधले धार दिने गर्दछन् । कङ्के देउराली ८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । 

    यस क्षेत्रमा घुम्न तथा प्राकृतिक आनन्द लिनको लागि गुल्मी लगायत आसपासका जिल्लाबाट आन्तारिक तथा बाह्रय पर्यटकहरु आउने गर्दछन् । कङ्के देउराली प्राकृतिक रुपमा मात्रै नभई धार्मिक र पर्यटकीय रुपमा प्रख्यात ठाउँ भएकाले यसको दिनप्रतिदिन महत्व बढ्दै गएको मदाने गाउँपालिका वडा नम्बर ६ डढुवाका रेम्बो घर्तिले बताए ।  

    कङ्के देउराली क्षेत्रमा क्षेत्रमा विभिन्न प्रजातिका जडिबुटी तथा वनस्पति पनि पाइने गर्दछन् । कङ्के देउराली क्षेत्रमा विशेष गरी सेतो बरुवा, टिमुर, बोझो, निमपत्ता, आकाशवेली, सुगन्ध कोकील लगायतका जडीबुटीहरु पाइने गर्दछन् । कङ्के देउरालीमा बनस्पतिको रुपमा लालीगुराँस, सेतो गुराँस, रक्तचन्दन, कटुस, धुपीसल्ला लगायतका वनस्पतिहरु प्रशस्त पाइने गर्दछन् ।  

    कङ्के देउरालीमा आवाजजावत गर्न सडक, मन्दिर र आर्कषक सिँडी निर्माण लगायतका संरचना निर्माणको काम गाउँपालिकाले गरिरहेको छ । यस ठाउँमा भ्यू टावरको निर्माण गरेर देउरालीकोे चारैतिर प्रचारप्रसार गरी आन्तारिक तथा बाह्रय पर्यटक भित्राएर एक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने तयारीमा रहेको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् ।

    गाउँपालिका उपाध्यक्ष खड्काका अनुसार धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दै आएको कङ्के देउरालीलाई गाउँपालिकाले दिगो विकास र संरक्षण गर्न सकेमा आम्दानीको मुख्य स्रोत कङ्के देउराली बन्न सक्ने उनको भनाइ छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij