२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

सांसद् विमला राई पौडेलको प्रश्न : बोल्न खोज्नेको मुख थुन्न मिल्छ ?

बुधवार , चैत्र ८, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाको मुख थुनेको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ । नेकपा एमालेकी सांसद विमला राई पौड्यालले मंगलवार वानेश्वरको एक कार्यक्रममा नाराबाजी गर्ने युवाहरुको मुख थुनेको घटनालाई लिएर गृह मन्त्रालयको जवाफसमेत माग गरेकी छन् ।

    राष्ट्रिय सभाको जारी बैठकको शून्य समयमा पुर्व मन्त्रीसमेत रहेकी पौडेलले सामाजिक सञ्जालमा प्रहरीले २ युवाको मुख छोपेको फोटो आएको भन्दै किन मुख थुनिएको हो ? भन्दै त्यसको जवाफ माग गरेकी हुन ।

    ‘प्रहरीले घाँटी न्याकेको र बोल्न खोज्नेको मुख छोपेको फोटो आएको छ । उनीहरूले के बोल्न खोजेका थिए, बोल्न पनि नपाउने ? प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ ? मिल्दैन भने उनीहरूलाई कारवाही हुन्छ कि हुँदैन ? गृह मन्त्रालयको जवाफ चाहन्छु’, जवाफ माग्दै राईले भनिन् ।

    मंगलबार नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री प्रचण्डविरुद्ध केही युवाले ‘बैंकको ब्याज मिनाहा गर,’ ‘गरीबमारा प्रचण्ड मुर्दावाद’ भन्दै नाराबाजी गरेपछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो ।