
बिहिवार , चैत्र ९, २०७९
काठमाडौं, ९ चैत ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । १० दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि नेता शरदसिंह भण्डारीले जानकारी दिए ।
यसका लागि गठबन्धन आवद्ध दलसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको उनले बताए । बैठकले पार्टी संगठनलाई सदृढीकरण अभियान चलाउने निर्णयसमेत गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij