
सोमवार , पौष २०, २०७७
भैरहवा, २० पुस ।
रुपन्देहीमा मिक्सचरले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ अन्तर्गत सिद्धार्थ राजमार्गको पश्चिमाञ्चल फाइनान्स अगाडी चौराहाबाट मिलनचोकतर्फ जाँदै गरेको लु ३५ प १०९१ नम्बरको मोटरसाइकललाई लु १ क ३३७० नम्बरको मिक्सचरले सोमबार ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ओभरट्याक गर्ने क्रममा मिक्सचरले ठक्कर दिंदा गुल्मीको रेसुङा नगरपालिका–४ का २० वर्षिय सरोज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए । दुर्घटना पश्चात घाइते भएका भण्डारीलाई उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र थप उपचारको लागि मणिग्रामस्थित क्रिमसन अस्पताल रिफर गरिएकोमा उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थापाले जानकारी दिए । मोटरसाइकल, मिक्सचर र मिक्सचर चालकलाई लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij