
मंगलवार , पौष २१, २०७७
भैरहवा, २१ पुस ।
लिस्नु युवा क्लब तिलोत्तमा–१५ कोटिहवा, रुपन्देहीले नेपाल अविनाश अनाथ आश्रम तिलोत्तमा–१५, कोटिहवालाई सहयोग गरेको छ । आश्रमलाई चामल, दाल, आलु, प्याज, ग्यास सिलिण्डर, मास्क, सेनिटाइजर लगायत गरी करिब ४० हजार रुपैयाँ बराबर सामाग्री प्रदान गरिएको क्लबका अध्यक्ष तीर्थराज मल्ल (तारा)ले बताए ।
गत पुस १५ गते बीजी ब्वायेजको आयोजना र लिस्नु युवा क्लबको सहकार्यमा तिलोत्तमाको वभनीमा भएको ‘च्यारिटी सो’ कार्यक्रमबाट बचेको रकमबाट केही भए पनि आश्रमलाई सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामाग्री प्रदान गरिएको क्लबका उपाध्यक्ष नेम प्रसाद गुरुङले बताए । आगामी दिनमा पनि युवाहरुले आश्रमलाई सक्दो सहयोग गर्ने उनले बताए । बीजी ब्वायेजका प्रतिनिधि कृष्ण गुरुङले आश्रमलाई सहयोग गर्न पाउँदा खुशीको अनुभुति भएको बताए । उनले युवाहरु रचनात्मक कार्यहरुमा जुटेको बताए ।
नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले आश्रमलाई सहयोग जुटाउन युवा तथा सञ्चार क्षेत्रको ठूलो भुमिका रहेको बताए । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीका कार्यसमिति सदस्य रबिन्द्र प्रताप गुप्ताले क्लबले गरेको काम सराहनीय रहेको बताए ।
आश्रममा हाल २२ जना बालबालिका आश्रित रहेको आश्रमका कार्यसमिति सदस्य अर्चित श्रेष्ठले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij