२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल

सोमवार , चैत्र १३, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जनताप्रतिको सेवाभावको अठोट हुनुपर्ने बताएका छन् । 

    काठमाडौं सोमबार पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने र यसप्रतिको अठोट र प्रतिबद्धता आवश्यक पर्ने बताएका हुन् ।

    जनतासँग निरन्तर नजिक रहेर उनीहरुका दुःख, समस्या बुझेर समाधान गर्न राजनीतिज्ञमा अठोट, प्रतिबद्धता र समर्पण आवश्यक पर्ने भन्दै राष्ट्रपति पौडेलले राजनीति भनेकै देश र जनताको सेवा रहेको बताए । 

    राजनीतिज्ञमा हुने गुण स्वर्गीय जोशीमा रहेको स्मरण गराउँदै राष्ट्रपति पौडेलले देश र समाज परिवर्तन तथा जनताको सेवाका लागि सधैं जोशी क्रियाशील रहेका बताए ।