
सोमवार , चैत्र १३, २०७९
१३ चैत । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाललाई आखा उपचारको पर्यटन गन्तव्यको रुपमा बिकास गर्न सकिने बताएका छन् ।
सोमबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको ४५औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले दृष्टिविहीनता न्यूनीकरणमा नेपालको उपचार विश्वस्तरकै रहेको भन्दै नेपाललाई आखा उपचारको पर्यटन गन्तव्यको रुपमा बिकास गर्न सकिने बताएका छन् ।
उनले नेपालमा हुने आँखाको उपचारको ९० प्रतिशत उपचार नेत्रज्योति सङ्घका विभिन्न संस्थामार्फत हुने गरेपनि यो विषयको प्रचारप्रसार र विकास हुन नसकेको धारणा राखे । सभामुख घिमिरेले आखाँका समस्याका साथै दृष्टिविहीनता घटाउन सङ्घको भूमिका प्रभावकारी रहेको बताए ।
नेत्रज्योति सङ्घले २७ आँखा अस्पताल, एक सय ५० भन्दाबढी आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखामार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij