२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

मिटरब्याजी पीडितलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध (फाेटाे फिचर)

सोमवार , चैत्र १३, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, १३ चैत । महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याजी पीडित सोमबार काठमाडौं आइपुगेका छन् । २ चैतबाट बर्दिबासबाट हिँडेका उनीहरु सोमबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । 

    काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका प्रहरीले अवरोध गरे । त्यसपछि मिटरब्याजी पीडित र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ  । 

    उनीहरु आउनुअघि नै महानगरले खुलामञ्चमा ताला लगाएको थियो । जबरजस्ती खुलामञ्च छिर्न खोजेपछि महानगर प्रहरीले उनीहरुलाई रोकेको हो । 

    ‘मिटरब्याजीलाई कारबाही गर, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर, मिटरब्याजविरुद्ध कानुन निर्माण गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

    337636048_1431853680891435_3017946524595412770_n.jpg.jpg
    338374635_941110830260758_7922478552564968316_n.jpg.jpg

     

    336679796_120070310962710_6515402871815033506_n.jpg.jpg
    337637147_654078256413314_660647972250565849_n.jpg (1).jpg