आइतवार, जेठ २१ गते २०८०

४५ औं नेत्रज्योति दिवसको अवसरमा पत्रकारहरुका लागि निःशुल्क आँखा शिविर

४५ औं नेत्रज्योति दिवसको अवसरमा पत्रकारहरुका लागि निःशुल्क आँखा शिविर

images
images

खबर पात्रो

१४, चैत्र २०७९
  • 531
    SHARES
  • ४५ औं नेत्रज्योति दिवसको अवसरमा पत्रकारहरुका लागि निःशुल्क आँखा शिविर

    भैरहवा, १४ चैत ।
    ४५ औं नेत्र ज्योति दिवसको अवसर पारेर पत्रकारहरुको निःशुल्क आँखा परीक्षण गरिएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको सहकार्य तथा नेपाल नेत्र ज्योति संघ, रुपन्देही शाखा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको आयोजनामा मंगलबार पत्रकारहरुको आँखा परीक्षण गरिएको हो ।

    मायादेवी गाउँपालिका-८ लुम्बिनीरोडस्थित लुम्बिनी प्रेस क्लबको सचिवालयमा आयोजित निःशुल्क आँखा शिविरमा ७४ जनाको आँखा परीक्षण गरिएको श्री रण अम्बिका शाह आँखा अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेले जानकारी दिए ।

    images
    images

    शिविर उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले पत्रकार रिर्पोटिङमा हिँडिराख्नुपर्ने भएको र स्वास्थ्यमा ध्यान गर्नुपर्छ भन्ने सन्देश दिन आँखा शिविरका लागि प्रोत्साहन गर्ने नेत्र ज्योति संघ रुपन्देहीप्रति आभार व्यक्त गरिन् । उनले भनिन्, ‘आँखाको स्थितिबारे बुझ्न र केही समस्या भए उपचारका लागि सहज होस् भन्ने उद्देश्यले आँखा परीक्षण तथा औषधी र चश्मा वितरण कार्यक्रम आयोजना गरिएको हो ।’
    अध्यक्ष शर्माले श्री रण अम्बिका शाह आँखा अस्पताल नेपालकै गौरव भएको बताइन् । उनले भनिन्, ‘पर्यटन प्रवद्र्धनमा समेत अस्पतालले टेवा पुर्याउँदै आएको छ । विशेष गरी उपचारका लागि यो अस्पतालमा भारतबाट धेरै बिरामी आउने गर्दछन् । जसले गर्दा पर्यटन क्षेत्रमा टेवा पुगेको छ ।’

    नेपाल नेत्र ज्योति संघ, रुपन्देहीका उपसभापति नारायण प्रसाद अग्रवालले श्री रण अम्बिका शाह आँखा अस्पतालले सर्वसुलभ मूल्यमा बिरामीको उपचार गर्दै आएको बताए । उनले पत्रकारहरुको व्यस्ततालाई मध्यनजर गर्दै लुम्बिनी प्रेस क्लबको सभाहलमा नै शिविर आयोजना गरिएको बताए । उनले भने, ‘हा’मी भाग्यमानी छौं, पत्रकारका लागि शिविर आयोजना गर्न पाएका छौं ।’

    नेत्र ज्योति संघ, लुम्बिनी प्रदेशका सचिव राजेन्द्र प्रसाद पन्थीले अस्पतालले मुलुकका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताए । उनले अन्धोपन निवारणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।

    श्री रण अम्बिका शाह आँखा अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले बिरामी अन्तिम अवस्थामा अस्पताल पुग्दा समस्या हुने गरेको बताए । उनले स्वास्थ्यसम्बन्धी केही समस्या देखिए समयमै उपचार गराउनुपर्ने बताए । 
    लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार माधव ढुंगानाले भैरहवामा रहेको श्री रण अम्बिका शाह आँखा अस्पतालले विभिन्न स्थानमा काम गर्दै आएको बताए ।

    IMG_2528.JPG

    नेपाल नेत्र ज्योति संघ, रुपन्देहीका सचिव गणेश बहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

     

    images
    images
    प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - १४:२७:३१ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend