images

बिहिवार, चैत्र १५ गते २०८०

७२ जना पत्रकारले गराए आँखा जाँच

७२ जना पत्रकारले गराए आँखा जाँच

images
images
images
मंगलवार, चैत्र १४ २०७९
मंगलवार, चैत्र १४ २०७९
  • ७२ जना पत्रकारले गराए आँखा जाँच

    बुटवल, १४ चैत ।
    नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा मंगलबार रुपन्देहीका पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्र ज्योति संघको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र जिल्ला समिति रुपन्देहीको आयोजनामा निःशुल्क आँखा जाँच गरिएको हो । 

    images
    images
    images

    आँखा जाँचअघि आयोजित शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव सल्लाहकार डा. बालकृष्ण चापागाईले पत्रकारहरुको स्वास्थ्यलाई मध्यनजर गरी महासंघले आँखा शिविर राखेर राम्रो काम गरेको बताए ।

    कार्यक्रममा नेत्र ज्योति संघ रुपन्देहीका सभापति कमलराज जोशीले देशैभर पत्रकारका लागि निःशुल्क आँखा शिविर आयोजना गर्ने समझदारीअनुसार रुपन्देहीमा शिविर गरिएको बताए । उनले पत्रकारहरुले समाजका लागि निकै महत्वपूर्ण काम गरेको बताउँदै नेत्र ज्योति संघको ४५ औं स्थापना दिवसको अवसर पारेर सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । त्यस्तै लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान  श्री रण अम्बिका आँखा अस्पतालका निर्देशक प्रा. डा. ज्ञानेन्द्र लामिछानेले आँखामा समस्या आउँदा पनि रोग पालेर बस्ने बानी धेरैजसोमा रहेकाले त्यसो नगर्न सुझाव दिए । 

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकारहरु दैनिक रुपमा कम्प्यूटर, ल्यापटप जस्ता उपकरण प्रयोग गर्नुपर्ने भएकाले महासंघको केन्द्रीय कार्यक्रमअनुसार आँखा शिविर राखिएको बताए ।  

    रुपन्देहीका पत्रकारहरुका लागि आयोजना गरिएको निःशुल्क आँखा जाँचमा ७२ जनाले परीक्षण गराएका छन् । यसमध्ये ५८ जनालाई औषधी र १७ जनाको दृष्टिदोष देखिएकाले चश्मा वितरण गरिएको महासंघ रुपन्देहीका सचिव विनोद परियारले जानकारी दिए । 

    शिविरमा नेत्र ज्योति संघ रण अम्बिका आँखा अस्पताल भैरहवाका वरिष्ठ नेत्र अधिकृत एंव कार्यक्रम संयोजक सञ्जिव अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मीहरु खटिएका थिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij