२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

बुटवल–१५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण

बुधवार , चैत्र १५, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • बुटवल, १५ चैत । 
    बुटवल उपमहानगरपालिका–१५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण गरिएको छ । बुटवल–१५ मा गठित वडास्तरीय कृषि प्रवद्र्धन समितिको सिफारिसको आधारमा सुनौलो लोकछहारी सामाजिक उद्यमी सहकारी संस्थासँगको सहकार्यमा बुटवल वडा नम्बर १५ ले अरुण २, रामपूर कम्पोजिट र रामपुर हाइब्रीड जातको मकैको बीउ वितरण गरिएको हो ।

    बुटवल–१५ का वडाअध्यक्ष तथा नगर प्रवक्ता शिव रानाले किसानहरुलाई बीउ वितरण गरे । बीउ वितरण गर्दै रानाले मकै उत्पादनमा अब्बल बन्न किसानहरुलाई आग्रह गरे । उनले बुटवलको पश्चिमी क्षेत्रलाई कृषिमा अब्बल बनाउने गरी लाग्न किसानलाई आग्रह गरे । उनले बुटवललाई कृषिमा अगाडि बढाउँदै आत्मनिर्भर बनाउने गरी काम गर्ने किसानलाई उपमहानगरपालिकाले साथ दिने बताए ।