२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

मन्त्रीमण्डलमा सहभागितावारे कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

बिहिवार , चैत्र १६, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, १६ चैत ।
    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

    ‘पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा २०७९ चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ,’ केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने । उनकाअनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ । यसअघि गत मंगलवारका लागि बोलाइएको बैठक दुई दिनपछि बिहिवारका लागि सारिएको हो । 

    बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् । जसअनुसार नेकपा (माओवादी केन्द्र) लाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई  ८, नेकपा (एकीकृत समाजवादी) लाई २, जनता समाजवादी पार्टी, नेपाललाई २, जनमत पार्टीलाई १ राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।