images

शुक्रवार, चैत्र १६ गते २०८०

तीनदिने फोटो पत्रकारिता तालिम सुरु

तीनदिने फोटो पत्रकारिता तालिम सुरु

images
images
images
बिहिवार, चैत्र १६ २०७९
बिहिवार, चैत्र १६ २०७९
  • तीनदिने फोटो पत्रकारिता तालिम सुरु

    भैरहवा, १६ चैत ।
    रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा लुम्बिनी प्रेस क्लब, रुपन्देहीको सहकार्यमा बिहीबारदेखि तीनदिने फोटो पत्रकारिता तालिम सुरु भएको छ । मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित लुम्बिनी प्रेस क्लबको भवनमा तालिम सुरु भएको क्लबकी तालिम समिति संयोजक उषा केसीले बताइन् । क्लबका सदस्यहरुको क्षमता अभिवृद्धि अन्तर्गत तालिम सञ्चालन गरिएको केसीले जानकारी दिइन् ।

    images
    images
    images

    तालिमको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । उनले लुम्बिनी प्रेस क्लबसँग आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने बताए । उनले भने, ‘क्लबसँग सल्लाह सुझाव लिएर अघि बढ्छौं ।’

    IMG_2830.JPG

    क्लबकी अध्यक्ष सम्झना शर्माले क्लबमा आबद्ध पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि रोहिणी गाउँपालिकाको सहयोग महत्वपूर्ण रहेको बताइन् । उनले आगामी २०८० मंसिरमा क्लबले आयोजना गर्न लागेको जानकारी दिइन् ।
    क्लबका सदस्य तथा प्रशिक्षक दीपेन्द्र बडुवालले क्लबले स्थापनाकालदेखि नै आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्दै आएको बताए । उनले रोहिणी गाउँपालिकाले हौसला प्रदान गरेको बताए । लुम्बिनी न्यूज फेस्टिबल कार्यक्रमको संयोजक समेत रहेका बडुवालले कार्यक्रमलाई सफल बनाउनुपर्नेमा जोड दिए ।

    क्लबकी अध्यक्ष सम्झना शर्माको अध्यक्षता, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, क्लबकी तालिम समिति संयोजक उषा के.सी.को स्वागत तथा महासचिव शंकर प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिम चैत १८ गतेसम्म सञ्चालन हुने क्लबका कोषाध्यक्ष राधेश्याम विश्वकर्माले बताए । तालिमको कान्तिपुर दैनिकका लुम्बिनी प्रदेश प्रमुख दीपेन्द्र बडुवाल र नेपाल टेलिभिजनका रुपन्देही संवाददाता दीपक घिमिरेले सहजीकरण गरेका छन् । क्लबमा ३९ जना सदस्य आबद्ध छन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij