२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

बिहिवार , चैत्र १६, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, १६ चैत । नेपाली कांग्रेसले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । 

    रवि लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज भएपछि सो क्षेत्र रिक्त हुन पुगेको हो । गत मंसिरमा भएको निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित लामिछानेको प्रतिनिनधिसभा सदस्य पद खारेज भएपछि आगामी १० वैशाखमा उपनिर्वाचन हुन लागेको हो । 

    बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त क्षेत्रमा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।