२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छु : नवनियुक्त अर्थमन्त्री महत

शुक्रवार , चैत्र १७, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, १७ चैत्र ।  नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताएका छन् ।

    शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले मुलुकका देखिएको अर्थतन्त्र समस्याका लागि सम्पूर्ण राज्यसंयन्त्र लाग्ने र समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताएका हुन् ।

    उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने धारणा राखे । वित्तीय क्षेत्रमा पनि विभिन्न समस्या रहेको भन्दै राष्ट्र बैंकसँग सहकार्य गरेर वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्ने उनको भनाइ छ ।  मन्त्री महतले मुलुकमा लगानी बढाउनका लागि अन्तर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गर्ने धारणा राखे । 

    उनले करदातालाई राजस्वको बोझ थप गरेर नभई करको दायरा बढाएर अर्थतन्त्र सवल बनाउनुपर्नेमा जोड दिए ।