२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

चलचित्रको दोस्रो दिनको कार्यशाला लुम्बिनीमा, जीवनीमा फिल्म र दर्शन

शनिवार , चैत्र १८, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, १८ चैत ।
    चन्द्र सूर्य सिनेमाको आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा भएको वास्तविक जीवनीमा आधारित सिनेमा निर्माणका लागि तीनदिने कार्यशालाको दोस्रो दिनको सेसन चलिरहेको छ ।  हरेक तवरले यहाँको चलचित्र क्षेत्र, पर्यटकीय क्षेत्र, समग्र लुम्बिनी प्रदेशको विकास र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने र टिकाई राख्नका लागि यस्तो खाले कार्यक्रमको खाँचो रहेको संयोजक विमल पौडेलले बताए । कार्यशालामा चलचित्र निर्माण, जीवनीमा आधारित चलचित्रको इतिहास र वर्तमान अवस्था, बुद्धको जीवनी संगत दर्शन, चलचित्र लेखन, सम्वाद, पटकथा, पत्रकारितासम्बन्धी विशेष कक्षा रहनेछ ।

    चैत्र १७ गतेदेखि सुरु भएको लुम्बिनीमा सञ्चालित तीनदिने कार्यशालामा चलचित्र क्षेत्रका जिउँदो इतिहास प्रकाश सायमी, ख्यातिप्राप्त कलाकार सुनिल थापा, कलाकार बसुन्धरा भुसाल, कलाकार, निर्माता, निर्देशक विश्व विक्रम बस्नेत, कथाकार तथा लेखक विक्रम भक्त जोशी, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, निर्देशक तथा लेखक राजेन्द्र सलभ, लुम्बिनी बौद्ध विश्वविद्यालय निमित्त उपकुलपति डा. तिलकराम आचार्य, डीन माणिक रत्न शाक्य, उपप्राध्यापक दयानिधि गौतम, चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठ, कञ्चन खबरका सम्पादक जगिलाल थापा  लगायतको सहजीकरण रहेको छ ।

    दोस्रो दिनको कार्यशालाको स्वागत चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव बिकास गौतमले गरेका थिए ।