
शनिवार , चैत्र १८, २०७९
काठमाडौं, १८ चैत ।
बारा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बन्ने रमेश खरेलले सुशासन कायम गर्न सबै देशभक्तहरु एक ठाउँमा आउनुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।
रास्वपाले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले नेपाल आमा रोइरहेको बताउँदै अहिलेको भागबण्डा र लुछाचुडीलाई तोड्नुपर्ने बताएका छन् ।
अहिले देशमा भइरहेको निराशालाई आशामा बदल्ने पार्टी रास्वपा मात्र आफूले पाएर आफू यस पार्टीमा आएको बताउँदै खरेलले चुनाव लड्न मात्र पार्टीमा नआएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij