
आइतवार , चैत्र १९, २०७९
काठमाडौं, १९ चैत ।
नेपाली कांग्रेसले निर्वाचनका बेला अनुशासन उल्लंघन गरेको भन्दै नेतामाथि गरेको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ । आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचनका बेला बागी उम्मेदवारी दिएकाहरूमाथि गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो ।
बैठकले तनहुँ–१ मा दुईपटक स्वतन्त्र उम्मेदवार बनेका गोविन्दराज जोशी र चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका विकास कोइरालाको कारवाही फुकुवा गरेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij