
सोमवार , चैत्र २०, २०७९
काठमाडौं, २० चैत ।
आगामी वैशाख १० मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार चितवन–२, तनहुँ–१ र बारा–२ मा बैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुन गईरहेको हो ।
आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार सो उपनिर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आ–आफनो उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् ।
मंसिर ४ गतेको निर्वाचनवाट निर्वाचित राष्टय स्वतन्त् पार्टीका सभापति रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन–२ रिक्त हुन पुगेको थियो ।
त्यसै गरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ–१ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा–२ रिक्त हुन पुगेको थियो । बारा–२ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले जीत हासिल गरेको थियो । रिक्त रहेका तीनवटा निर्वाचन क्षेत्रमा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । सो उपनिर्वाचन प्रयोजनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij