२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

एमालेले बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने

सोमवार , चैत्र २०, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, २० चैत । 
    नेकपा एमालेले बारा क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज मनोनयन गर्नु केही घण्टा अघि मात्र एमालेले पूर्व खेलकुद मन्त्रीसमेत रहेका पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएको हो । 

    गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा–२ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाए पनि यसपटक भने एमालेले एकल उम्मेदवारको रुपमा पौडेललाई अघि सारेको हो ।

    बारा–२ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह उम्मेदवार रहने यसअघि नै सार्वजनिक भइसकेको छ ।
    आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुँदैछ ।