२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

भैरहवामा स्तन क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

मंगलवार , चैत्र २१, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares

  • भैरहवा, २१ चैत ।
    जेसीआई सिद्धार्थ, नेपालको आयोजनामा भैरहवामा एकदिने निःशुल्क स्तन क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ । शनिबार सिद्धार्थनगर नगरपालिका–२ स्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा कार्यक्रम गरिएको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२३ का महासचिव हरिलाल जयसवालले बताए ।

    पछिल्लो समय स्तन क्यान्सरका बिरामीहरुको संख्या बढ्दै गएको र जनचेतनाको अभावका कारण कतिपयको ज्यान जाने गरेको अवस्थालाई मध्यनजर गर्दै सचेतना कार्यक्रम गरिएको कार्यक्रम संयोजक सागर पोख्रेलले बताए ।

    जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२३ का अध्यक्ष मनोज भण्डारीको अध्यक्षता तथा सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्तन ओन्कोसर्जन डा. संजय पाण्डेले सहजीकरण गरेका थिए ।

    कार्यक्रम संयोजक तथा जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२३ का सदस्य वृद्धि संयोजक सागर पोख्रेलको स्वागत, निर्देशक सुमेर विक्रम खाणको आस्था पाठ तथा कानूनी सल्लाहकार दीपक काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।