२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

'प्रसाद २' प्रदर्शन राेक्न उच्च अदालत पाटनकाे अल्पकालीन आदेश

मंगलवार , चैत्र २१, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, २१ चैत । उच्च अदालत पाटनले यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २’ को रिलिज रोक्न अल्पकालिन आदेश दिएको छ ।

    आफ्नो ९० प्रतिशत स्वामित्व रहेको फिल्म १० प्रतिशत स्वामित्व रहेका निर्माताले विना अनुमति रिलिज गर्न लागेको भन्दै केशव पाण्डेले फिल्मको तत्काल रिलिज रोक्न रिट हालेका थिए ।

    उनको रिटमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले अन्तरिम आदेशसँगै चलचित्र विकास बोर्डका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

    पाण्डेको पक्षबाट अधिवक्ता सरोज अधिकारी, श्यामकुमार विश्वकर्मा र अरुण पौडेलले बहस गरेका थिए । पाण्डेले ‘प्रसाद २’ का निर्माता सुवास थापाले फिल्ममा सबै लगानी गरेर ९० प्रतिशत स्वामित्व हुने सम्झौता गरे पनि आफ्नो पैसा र स्वामित्व पनि नदिएको दाबी गरेका छन् ।

    पाण्डेका अनुसार निर्माता थापाले उनको ६२ लाख ५० हजारसहित फिल्मका प्राविधिकको ११ लाख, सुटिङ गरेको ल्वाङगाउँका स्थानीयको १७ लाखलगायत रुपैंयाँ अझैसम्म दिएका छैनन् ।

    सोमबार चलचित्र विकास बोर्डमा भएको सरोकारवालाको बैठकमा फिल्म रिलिजका लागि सहमति दिने निर्णय गरे पनि बैठकमा रहेका पाण्डेले सहमति पत्रमा हस्ताक्षर गरेका थिएनन् ।