२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

कार्यव्यवस्थामा दलीय प्रतिनिधित्व हुने संख्या टुंगियो

बुधवार , चैत्र २२, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २२ चैत । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलीय प्रतिनिधित्वको संख्या टुंगिएको छ । 

    बुधबार बसेको सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधित्वको संख्या टुंग्याएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

    बैठकले कार्यव्यवस्थामा सभामुख, उपसभामुख, कानुनमन्त्रीसहित २१ जना सहभागी हुने गरी संख्या टुंग्याएको हो । 

    जसअनुसार कांग्रेसबाट ६, एमालेबाट ५, माओवादी केन्द्रबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति र एक सिट भएका र स्वतन्त्रसमेत गरी एक एक जना कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुनेछन् ।