२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

मेयर कप-२०७९ मा सहभागी हुने खेलाडीहरुलाई ड्रेस वितरण

बुधवार , चैत्र २२, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, २२ चैत ।
    नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता-२०७९ मा सहभागी हुने खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिका १२ नम्बर वडा कार्यालयले ड्रेस (पोशाक) वितरण गरेको छ ।

    बुधबार खेलाडी, टीम प्रशिक्षक र टीम व्यवस्थापकलाई ड्रेस वितरण गरिएको सिद्धार्थनगर–१२ का वडाअध्यक्ष कुमार गुरुङले बताए । उनले खेलाडी टीमलाई सफलताको शुभकामना व्यक्त गरे । 

    ड्रेस वितरण कार्यक्रममा वडाअध्यक्ष गुरुङ, वडा सदस्य समिर थापा, टीम क्याप्टेन रोशनलाल गुप्ता, टीम व्यवस्थापक गोविन्द गुरुङ, टीम प्रशिक्षक सुशील कुँवर, क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलगायतको उपस्थिति रहेको थियो ।

    सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको आयोजनामा बुधबारदेखि भैरहवास्थित सिद्धार्थ रंगशालामा मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो खेल वडा नम्बर ६ र १२ का बीच हुने आयोजकले जनाएका छन् ।