
शुक्रवार , चैत्र २४, २०७९
भैरहवा, २४ चैत ।
नेकपा (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ कमिटीले ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार) अभियानलाई तीव्रता दिएको छ । सोहीक्रममा बुधबार एमाले निकट अखिल नेपाल महिला संघ सिद्धार्थनगर–६ वडा कमिटी पुनर्गठन गरिएको छ । विन्दु पौडेलको अध्यक्षतामा ९ सदस्यीय अनेमसंघ वडा कार्यसमिति गठन गरिएको एमाले सिद्धार्थनगर–६ कमिटीले जनाएको छ । जसको उपाध्यक्षमा दुर्गा जि.सी., सचिवमा सुनिता गौतम भुसाल, कोषाध्यक्षमा मालती देवी गुप्ता र सह–सचिवमा शकुन्तला अधिकारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सरस्वती मौर्य, विष्णु जोशी भुसाल, किरण मिश्रा र पार्वती राना रहेका छन् ।
त्यस्तै एमालेले गल्लामण्डी, पिपरहिया टोल कमिटी गठन गरेको छ । विजय सिंह ठकुरीको अध्यक्षतामा ८ सदस्यीय टोल कमिटी गठन गरिएको एमाले सिद्धार्थनगर–६ वडा कमिटी सचिव मदन प्रसाद पौडेलले बताए । कमिटीको उपाध्यक्षमा धिरज अग्रहरी, सचिवमा अमर अर्याल, सदस्यहरुमा सुरज गुरुङ, विक्रम तिवारी, कतवारी बढई, बैजनाथ माली र सोना अहिर रहेका छन् ।
त्यसै गरी अशोक पथ, इद्रिशी पथ र महावीर पथमा १० सदस्यीय टोल कमिटी गठन गरिएको छ । राधिका पाण्डेको अध्यक्षतामा टोल कमिटी गठन गरिएको एमालेले जनाएको छ । कमिटीको उपाध्यक्षमा दामोदर उप्रेती, सचिवमा किरण मिश्रा, सदस्यहरुमा अरबु निशा, पुष्पा कुर्मी, आस्मा खातुन, सन्जु गुरुङ, सोहन हरिजन र भाष्कर थापा रहेका छन् ।
अनेमसंघ वडा कमिटी कार्यवाहक अध्यक्ष दुर्गा जि.सी.को अध्यक्षता, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य लक्ष्मी कोइराला ‘भावना’ को प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थी, जिल्ला सदस्य गोविन्द ज्ञवाली, जिल्ला सदस्य तथा सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, सिद्धार्थनगर कमिटी अध्यक्ष चक्र बहादुर थापा, नगर कमिटी सदस्य मोहम्मद अकिल मुसलमान, सिद्धार्थनगर–६ वडा कमिटी अध्यक्ष राम दयाल गुप्ता, उपसचिव अनिता थापा, आनन्द प्रसाद न्यौपाने लगायतको आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको थियो ।
एमाले सिद्धार्थनगर कमिटी सदस्य लता पोख्रेलको स्वागत तथा वडा कमिटी सचिव मदन प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij