images

बुधवार, बैशाख १२ गते २०८१

राष्ट्रिय आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न सांसद् घिमिरेको माग 

राष्ट्रिय आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न सांसद् घिमिरेको माग 

images
images
images
शुक्रवार, चैत्र २४ २०७९
शुक्रवार, चैत्र २४ २०७९
  • राष्ट्रिय आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न सांसद् घिमिरेको माग 

    काठमाडौं, २४ चैत ।
    प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले राष्ट्रिय आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद् घिमिरेले मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बनाउन आगामी आर्थिक वर्षबाट राष्ट्रिय अभियान सञ्चालन गर्न सरकारसँग माग गरेका हुन् ।

    images

    कृषि उत्पादनको आयात बढ्दै जाँदा मुलुकको अर्थतन्त्र कमजोर हुनुको साथैं खाद्य सुरक्षा चुनौती पनि बढ्न सक्ने भएकोले प्रमुख खाद्यबाली र तरकारीमा आत्मनिर्भर हुने गरी राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । सांसद् घिमिरेले धान, मकै, भट्टमास, आलु, गोलभेडा, प्याजलगायतका तरकारी र सुन्तला जातका फलफूलमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताए । यसका लागि सरकारले किसानलाई मल, बिऊँ, प्रविधि, औजारमा यथेष्ट सहयोगका साथैं उत्पादित वस्तुको लागतअनुसारको मूल्य र बजारको सुनिश्चित गर्नुपर्ने स्पष्ट पारे । 

    चालु आर्थिक वर्षको ११ महिनामा २० खर्बको कृषि उपज आयात भएको तथ्यांक उल्लेख गर्दै सांसद् घिमिरेले सरकारले अहिले लिएका नीति र कार्यक्रमले मुलुकलाई कृषि उपजमा थप परनिर्भर बनाउँदै लैजाने बताए । उत्पादन लागत बढीको हुनुको साथैं बजार समेत सुनिश्चित नहुँदा किसान कृषि पेशामा टिक्न नसकेको उल्लेख गर्दै सांसद् घिमिरेले सरकारी बजेटमा सञ्चालमा रहेका कृषि विकासका कार्यक्रम पनि प्रभावकारी हुन नसकेको बताए । 

    आर्थिक रुपमा सक्रिय जनसंख्यामध्ये ५७ दशमलव ३ प्रतिशत कृषि पेशामा आवद्ध रहे पनि मुलुकमा कृषि उत्पादनको आयात बढ्दै जानु गम्भीर चिन्ताको विषय भएकोले यसमा सरकार संवेदनशील बन्नुपर्नेमा उनले जोड दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij