
शनिवार , चैत्र २५, २०७९
काठमाडौं, २५ चैत ।
नेकपा (एकीकृत समाजवादी) का नेता मुकुन्द न्यौपानेले पार्टी छाडेका छन् । माधवकुमार नेपाल र झलनाथ खनालपछिको वरियतामा रहेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता न्यौपानेले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर सो पार्टी छाडेको घोषणा गरेका हुन् ।
न्यौपानेले नेकपा एसमा कम्युनिष्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाए पनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै सो पार्टी परित्याग गरेको जनाएका छन् । आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग राखे पनि छलफल गर्न नदिएको पनि उनको गुनासो छ ।
नेता न्यौपानेले भविष्य नभएको पार्टीको नेता भएर बसिरहनु भन्दा सम्मानित नागरिक भएर जिउन खोजेको भन्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको बताए । उनकाअनुसार एसका अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीबाट झलनाथ खनाल पनि असन्तुष्ट रहेको जनाउँदै नेकपा एमालेले सम्मानित स्थान दिए फर्केर आउने मनस्थितिमा रहेका छन् । त्यसका लागि एमालेले पहल गर्नुपर्ने उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij