images

शुक्रवार, चैत्र १६ गते २०८०

दोगहरी स्मार्ट कृषि कार्यक्रम सिद्धार्थनगर-१० लाई कृषि उपकरण हस्तान्तरण

दोगहरी स्मार्ट कृषि कार्यक्रम सिद्धार्थनगर-१० लाई कृषि उपकरण हस्तान्तरण

images
images
images
आइतवार, चैत्र २६ २०७९
आइतवार, चैत्र २६ २०७९
  • दोगहरी स्मार्ट कृषि कार्यक्रम सिद्धार्थनगर-१० लाई कृषि उपकरण हस्तान्तरण

    भैरहवा, २६ चैत ।
    दोगहरी स्मार्ट कृषि कार्यक्रम सिद्धार्थनगर नगरपालिका वडा नम्बर १०, रुपन्देहीलाई कृषि उपकरण (स्ट्र रिपर) हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    भुमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्रालय लुम्बिनी प्रदेशद्वारा आर्थिक वर्ष २०७९/०८० मा अनुदान प्राप्त कृषि उपकरण पाण्डेयले दोगहरी स्मार्ट कृषि कार्यक्रमका सचिव राजकुमार चाईलाई हस्तान्तरण गरेका हुन् ।

    कृषकको २ लाख ७९ हजार ५ सय रुपैयाँ (४३ प्रतिशत) लागत सहभागिता रहने गरी कृषि ज्ञान केन्द्रको सहयोगमा ६ लाख २५ हजार मूल्यको उक्त कृषि यन्त्र हस्तान्तरण गरिएको कार्यक्रमका सचिव चाईले जानकारी दिए । स्ट्र रिपरले गहुँको नल काटेर भुसा बनाउँछ । 

    स्ट्र रिपर हस्तान्तरण गर्दै प्रदेशसभा सदस्य पाण्डेयले कृषि क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । उनले हस्तान्तरण गरिएको उपकरणले कृषि उत्पादन बढाउन सहयोग पुर्याउने बताए ।

    हस्तान्तरण कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० का पूर्व वडाअध्यक्ष विजयनाथ धवललगायत स्थानीयबासीको उपस्थिति रहेको थियो । 

    straw riper2.jpg

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij