२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

एमालेको ‘मिसन ग्रासरुट’ : सिद्धार्थनगर–६ मा विभिन्न टोल कमिटी गठन

आइतवार , चैत्र २६, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, २६ चैत ।
    नेपाल कम्युनिष्ट (एमाले) ले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ (पार्टी सृदृढीकरण तथा विस्तार) अभियानलाई सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ कमिटीले तीव्रता दिएको छ । मिसन ग्रासरुट अभियान अन्तर्गत टोल कमिटी गठनलाई निरन्तरता दिइएको एमाले सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ताले बताए ।

    सोहीक्रममा शनिबार अमरनाथ पथ, चित्रगुप्त पथमा इन्द्रासन गुप्ताको अध्यक्षतामा ९ सदस्यीय टोल कमिटी गठन गरिएको एमाले सिद्धार्थनगर–६ का सचिव मदन प्रसाद पौडेलले बताए । कमिटीको उपाध्यक्षमा राम विलास तिवारी, सचिवमा ज्योती कालीकोटा, सदस्यहरुमा भगवानदास तेली, हरिकिशुन तेली, राजन गुप्ता, पवित्रादेवी पासी, विष्णु बहादुर रोक्का क्षेत्री र सुदामा धवल रहेका छन् ।

    त्यस्तै बैठकले ठेला व्यवसायीको समस्या समाधान गर्नका लागि सम्बन्धित निकायमा पुर्याउने र पहल गर्ने निर्णय गरेको छ ।

    टोल कमिटीका अध्यक्ष रामविलास तिवारीको अध्यक्षता, पार्टीका रुपन्देही जिल्ला सदस्य गोविन्द ज्ञवालीको प्रमुख आतिथ्यता, नगर कमिटी सदस्य झब्बालाल कहारको आतिथ्यता, वडा कमिटीका उपाध्यक्ष राम प्रसाद श्रेष्ठको स्वागत तथा सचिव मदन प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यसअघि अखिल नेपाल महिला संघ वडा कमिटी पुनर्गठन तथा गल्लामण्डी, पिपरहिया, दुर्गाकलोनी लगायतका टोल कमिटी गठन गरिएको सिद्धार्थनगर–६ का उपसचिव अनिता थापाले बताइन् ।